खेलकूदबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदानः मुख्यन्त्री गुरुङ


पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकूदले समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आज पोखरामा आयोजित एक कार्यक्रममा क्रिकेटर करन केसीलाई रु एक लाख नगदसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्दै उहाँले गण्डकी प्रदेशमा खेलकूदको प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

खेलकूद विकासका लागि सामाजिक विकास मन्त्रालयले छुट्टाछट्टै विषयमा प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको बताउँदै उहाँले मुस्ताङको लोप्साङ खर्कमा ‘हाइअल्टिच्यूड’ खेल मैदान निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “पहाडी जिल्लामा क्रिकेटको विकासका लागि पूर्वाधार निर्माणसँगै खेलाडी उत्पादनमा सबैको ध्यान पुग्नु अपरिहार्य छ,” उहाँले भन्नुभयो, “एक स्थानीय तह एक खेल मैदानको अवधारणासँगै अन्य खेलकूदका पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छ ।”

सो अवसरमा सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वस्थ्य, दक्ष र अनुशासित नागरिक उत्पादनमा खेलकूदको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रदेशलाई खेलकूदको केन्द्रको रुपमा विकास गरिने योजना रहेको जानकारी दिनुभयो । सम्मानित व्यक्तित्व करन केसीले नेपाल क्रिकेट खेलको माध्यमबाट विश्वसामु परिचित भएको बताउँदै खेलकूदको विकासका लागि भौतिक पूर्वाधारको आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेश सांसद् एवम नेपाल ह्याण्डबल सङ्घका उपाध्यक्ष मोहन रेग्मी, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, नेपाल ओलम्पिक कमिटीका सदस्य एवम् नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङलगायतले खेलकूदको विकासका लागि प्रदेश सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
बागलुङमा जन्मिनुभएका करन केसी सन् २०१८ मा नामिबियामा सम्पन्न एक दिवसीय छनौट खेलमा चरणपार गराउन महत्वपूर्ण भूमिका खेलेवापत प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँलाई सम्मान गरिएको हो ।
रासस