राजदूत आन्द्रेइको निधन


काठमाडौं ।
नेपालका लागि रुसीका राजदूत आन्द्रेइ एस बुधनिकको निधन भएको छ । रुसमा शुक्रवार उहाँको निधन भएको काठमाडौंस्थित रुसी दूतावासले जनाएको छ ।
दूतावासले बुधनिकको निधनबारे आइतवार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ । गत महिना उहाँ रुस गएदेखि उतै हुनुहुन्थ्यो, शुक्रवार बुधनिकको निधन भएको भनेर आज (आइतवार) मौखिक खवर आएको छ, निधनको खास कारण थाहा भएको छैन’–मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीले भन्नुभयो । राजदूत आन्द्रेई सन् २०१६ को फेब्रुअरीदेखि नेपालमा कार्यरत हुनुहुन्थ्यो ।