स्मार्ट सिटी बन्ने भएपछि कृषि बजार सारीयोे


गणेश घिमिरे, इलाम ।
इलाम नगरपालिका ७ मा स्मार्ट सिटी बन्ने भएपछि सो क्षेत्रमा रहेको कृषि बजार हटाइएको छ । त्यहाँ रहेको कृषि बजार तत्कालका लागि आइतबारबाट सुनगाभा चोकको सानो टुडिखेलमा सारीएको छ । कृषि बजार सारीएपछि बिभिन्न खेलको प्रशिक्षण लिँदै आएका खेलाडीहरु भने बिस्थापित भएका छन् ।
इलामनगरपालिकाले जिल्ला खेलकुद बिकास समिति र नगर खेलकुद बिकास समितिलाई जानकारी नै नगराई कृषि बजार सानो टुडिखेलमा सारेको जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष बृहस्पति उपरकुटीले बताए । ‘खेलाडीका लागि प्रशिक्षण केन्द्रको अभाव भइरहँदा बिगत देखि नै सानो टुडिखेलमा मार्सल आर्ट सम्बन्धिका कराँते, तेक्वान्दो, उस्सु सहित ब्याडमिटन खेलको प्रशिक्षण लिने खेलाडीहरु पूर्ण रुपले बिस्थापित भएका छन्’ अध्यक्ष उपरकुटीले भने ‘नगरपालिकाले बिना जानकारी तथा खेलाडीका लागि बैकल्पिक प्रशिक्षण केन्द्रको ब्यबस्था नगरीकन कृषि बजार सार्नु अब्यबहारीक भयो ।’ नगरपालिकाले तत्काल खेलाडीलाई प्रशिक्षण गर्नका लागि तत्काल ठाउँ उपलब्ध गराउनु पर्ने नगर खेलकुद बिकास समितिका अध्यक्ष बिनोद श्रेष्ठले बताए । यस बिषयमा नगरपालिकासंग बसेर छलफल गर्ने श्रेष्ठको भनाई छ । कृषि बजार सारीएको सानो टुडिखेलमा खानेपानी र शौचालको समेत अभाव छ । जसले गर्दा पनि सो क्षेत्रमा ब्यबसाय गर्नेका निकै शौच निकै समस्या रहेको तरकारी ब्यबसायि दिलकुमार लिम्बूले गुनासो गरे । अहिले बर्खाको समय भएकाले पनि ब्यबसायिले सहज तरीकाले बसेर ब्यबसाय गर्न समेत मुस्किल छ । ‘पानी पर्दा यो ठाउँ एकदमै हिलो हुन्छ’ ब्यबसायि लिम्बूले भने ‘नगरपालिकाले हामिलाई पूर्ण रुपले बिस्थापित नै गर्न खोजेको छ ।’
इलामनगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले कृषि बजार भएको स्थानमा नगरपालिकाले स्मार्ट सिटी बनाउने भएकाले तत्कालका लागि सानो टुडिखेलमा सार्नु परेको बताए । ‘नगरपालिकाले कृषि बजारका लागि जग्गाको खोजि गरीरहेको छ’ उनले भने ‘कृषि बजारको लागि उचित जग्गा भेट्नसाथ सानो टुडिखेलबाट अर्कोतर्फ सारीने छ ।’ नगरपालिकाका मेयर महेश बस्नेतले भने कृषि बजार सानो टुडिखेलमा सारेको भन्ने बिषय आफूलाई थाहा नभएको बताए । ‘कृषि बजार राख्नका लागि जग्गाको खोजि भइरहेको छ’ मेयर बस्नेत भन्छन् ‘तर अहिले नै नगरपालिकाले कृषि बजार सानो टुडिखेलमा सार्न नभनेकाले बजार सारेको बिषयमा आफू अनबिज्ञ छ ।’