पौडी खेल्दा गयो किशोरको ज्यान


पुष्कर बुढाथोकी, भक्तपुर ।
मध्यपुरथिमि नगरपालिका वडा नं. ४ स्थित विष्णु कुण्डलमा डुबेर आज एक किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा सिन्धुपाल्चोक बराम्ची ३ घरभई हाल मध्यपुरथिमि बस्दै आएका १७ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो ।
महानगरीय प्रहरी बृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मिलन केसीले आज अपरान्ह करिब ५ बजे साथीहरुसंग विष्णु कुण्डलमा गएर पौडी खेल्ने क्रममा पोखरीको पर्खालबाट घोप्टिएर (डाईभ हानेर) पोखरीमा पस्दा पोखरी भित्रको हिलोमा भासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो ।
मध्यपुरथिमि नगरपालिकाले यसवर्ष मात्रै १० लाख रुपैया खर्च गरेर उक्त धार्मिक पोखरीको सरसफाई गरि पर्खाल लगाएको थियो । वर्षाको समय भएकाले पर्खालसम्म पानी भरिएको र पोखरीको पिधमा हिलो जमेका कारण त्यही हिजोमा भासिएर बाहिर आउँन नसक्दा ज्यान गएको हुनसक्ने प्रहरीको भनाई छ । शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको छ ।