न्यायालयलाई राजनीतिबाट स्वतन्त्र राख्नु पर्ने कानुन व्यावसायीको माग


बिष्णु तिमिल्सिना, बर्दिया ।
नेपाल कानुन व्यावसायी परिषद्को रजत जयन्ती कार्यक्रम बर्दिया जिल्लाको गुलरियामा एक कार्यक्रमको आयोजना गरी आईतबार मनाईयो । उक्त कार्यक्रममा कानुन व्यवसासीहरुले न्यायपालिकालाई राजनीतिबाट स्वतन्त्र बनाउन माग गरेका छन् । नेपालको न्यायिक क्षेत्रमा राजनीति प्रभाब रहेको हुनाले यसबाट मुक्त गरी न्यायलयलाई स्वतन्त्र बनाउनुको बिकल्प नरहेको कार्यक्रममा सहभागि कानुन व्यवसायिहरुको धारणा राखेका थिए ।
नेपाल कानुन व्यवसायी परिषद् ललितपुरको आयोजना तथा बर्दिया जिल्लाल अदालत बार एशोसिएशन गुलरिया बर्दियाको समन्वयमा भएको सो कार्यक्रममा नेपाल बार एशोसिएशन केन्द्रिय उपाध्यक्ष अधिबक्ता शालिकराम सापकोटाले नेपालको न्यायपलिका कठिन घडीमा हिडिरहेको बताउनु भएको छ । न्यायपालिका प्रति साझा धारण बन्न नसकेकोमा चिन्ता ब्यक्त गर्दै न्यायधिशहरु नै फरक राजनीतिक धारमा उभिएकोले न्यायपालिका सिद्राको व्यापार जस्तो भएको आरोप समेत लगाउनु भयो ।
कार्यक्रममा जिल्ला न्यायधिश किरण कुमार पोखरेलले कानुनी व्यवसायी व्यापार नभएकोले कानुन व्यवसायीहरुलाई सेवा र पेशाको रुपमा लिन सुझाब दिनु भएको छ । कानुन व्यवसायहरुले निति नियम तथा कानुन व्यवसायीको आचारसंहिता भित्र रहेर काम गर्न आग्रह समेत गर्नु भएको छ ।
बरिष्ठ अधिबक्ता नरेन्द्र शर्माले न्याधिशको नियुक्तीको बेला २०४७ साल देखि नै न्यायलयमा राजनीतिक प्रबेश भएको धारण राख्दै चर्चित पुर्ब न्यायधिश बिश्वनाथ उपाध्ययले आफ्नो भाईहरुलाई प्रधानन्यायधिश बनाउने सोचका साथ दश दिन पछि अन्य न्यायधिश पचन्डाराज अनिल, प्रकाश वस्थी जस्ता ब्यक्तिलाई दश दिन पछि स्थायी नियुक्ती गरी प्रधानन्यायधिश हुने रोलक्रमका पछाडी पारिएको कृष्णजंग रायमाझी, भरत उप्रेती, प्रकाश वस्थी जस्ता प्रधान न्यायधिश हुन सक्षम ब्यक्तिहरुलाई पछाडी पारेर न्यायलय भित्र न्यायधिश माथी राजनीति गरेका दृष्टिान्त बताउनु भयो । अर्का बरिष्ठ अधिबक्ता गिरीवर प्रसाद अग्रवालले कानुन व्यवसायिकको क्षेत्रमा बिशेषज्ञताको बिशिष्टिकरण गर्नु गर्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्ने अधिकांशले नेपाल कानुन व्यवसायी परिषदलाई २५ औँ रजत जयन्तीको शुभकामना संगै परिषद्ले कानुन व्यवसायीहरुको हकहितको लागि काम गर्नु पर्ने, क्षमता अभिबृद्धिको लागि तालीम गोष्ठीहरु संचालन गर्नु पर्ने, कानुन व्यवसायिकहरुको बिशिष्टिकरण हुने पर्ने लगाएतका कार्यलाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिएका थिए । साथै प्रत्येक बर्ष मनाईने बार काउन्सिलको कार्यक्रममा बिगत बर्षमा गरिएको क्रियाकलापको समिक्षा र आगामी दिनका लागि योजना तथा सल्लाह सुझाबको रुपमा सम्पुर्ण कानुन व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरु संग छलफल गर्नु पर्ने आबश्यकता रहेको बताएका छन् । उक्त कार्यक्रममा बरिष्ठ अधिबक्ता भोलासिंह हमाल, अधिबक्ता लोकबहादुर शाह, बाँके जिल्ला बारका महमद अबदुल सिद्धीकी, पत्रकार महाँ संघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, बर्दिया जिल्ला अदालत बार कार्यबहाक अध्यक्ष खडानन्द तिवारीले आफ्नो धारणा राख्नु भएको थियो ।
परिषद्को रजत बर्ष मनाउने क्रममा अग्रज कानुन व्यवसायी तथा बरिष्ठ अधिबक्ता गिरिवर प्रसाद अग्रवाल र बरिष्ठ अधिबक्ता भोलांिसह हमाललाई दोसल्ला ओढाएर सम्पान पनि गरीएको छ । कानुन व्यवसायी परिषद्का सदस्य बिरबहादुर रोकायको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन बर्दिया जिल्ला एशोसिएशनका सचिब लक्ष्मि नेपालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।