मुगाको अवैध कारोबारमा संलग्न व्यक्तिहरु पक्राउ


काठमाडौं ।
मुगाको अवैध कारोबारमा संलग्न एमन नागरिक ४३ बर्षीय AL-ASRI MOHAMME YAHYA YAHY, काठमाडौं महानगरपालिका(६ बस्ने मुगुका ५१ बर्षीय ग्याल्पु तामाङ र जुम्ला सिजा गाउँपालिका ३ का ३० बर्षीय नबिन चौलागाईलाई शुक्रबार काठमाडौं महानगरपालिका(२६ ठमेलस्थित होटल काठमाडौं इकोबाट प्रहरीले पक्राउ गरेको छ ।
AL-ASRI को कोठामा मुगाको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट अनुसन्धानमा खटिएको प्रहरीले उनको कोठाबाट मुगा र नगद समेत बरामद गरी कारोबार गर्न कोठा नजिक आएका चौलागाई र तामाङलाई समेत नियन्त्रणमा लिएको हो ।
AL-ASRI को सुटकेशबाट ८ किलो मुगा, ५ हजार २ सय ३ अमेरिकन डलर, यमनको मुद्रा १४ हजार, इजिप्टको मुद्रा ७ सय ५०, चाईनिज मुद्रा ४ सय ९३, थाईल्याण्डको मुद्रा २ सय ६०, ओमन मुद्रा २७ र कतार रियाल १ तथा ग्याल्पु तामाङको झोलाबाट मुगा ४६ थान र ३ थान छवाङ्ग समेत बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि राजस्व कार्यालय हरिहर भवन पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको उक्त परिसरले जनाएको छ ।