बालबालिकाले गरे विधालयलाइ कम्प्युटर सहयोग


पोखरा ।
पोखरामा रहेको संस्कृत मा वि लाई १७ वर्ष भन्दा मुनिका बालबालिकाले करिब दुई लाख बराबरको कम्प्युटर सहयोग गरेका छन ।
युकेमा बस्दै आएका ६ जना बालबालिकाले युकेमानै नृत्य गरि संकलन गरेको रकमले उक्त विधालयमा चार थान कम्प्युटर सहयोग गरेका हुन । ू केही समय अगाडि नेपाल घुम्न आउदा विधालयमा पुग्दा विधालयको अवस्था कम्जोर देखेको कारण साथिहरुलाई आग्रह गरि नृत्य गर्दै रकम संकल गरि विधालयलाइ सहयोग गरेको १७ वर्षिय निश्चल गुरुङले बताए । ू यो स्कुलमा म आउदा यहाँ केही अपरच्युनिटी देखिन, अहिलेको जेनेरसन कम्प्युटरको हो यहाँ त्यो देखिन अनि मैले साथीहरुलाई भने साथिहरुले पनि सहयोग गर्नु भयोू गुरुङले भने । ूपढेर ठूलो मान्छे बनी नेपाल निर्माण गर्नुहोलाू गुरुङले आग्रह गरे । गुरुङको आग्रमा उनका साथी १३ वर्षिय बालिका आयुषा गुरुङ, १७ वर्ष मुनिका सुवास श्रेष्ठ, आरोन गुरुङ अरिना गुरुङ र एन्जल गुरुङले नृत्य गरि रकम संकलन गरेका थिए ।
१७ वर्ष मुनिका बालबालिकाले गरेको सहयोग विधार्थिको भबिस्यको लागि महत्वपूर्ण रहेको विधालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द नेपालीले बताए । आफुहरुलाइ राज्यले सहयोग नगर्दा विधालय बन्द हुने अवस्थामा यसरी सहयोग आउनाले विधालयलाइ उर्जा मिलेको नेपालिले बताए । सोही क्रममा बोल्दै कास्की
जिल्ला न्यायाधीश दिपेन्द्र अधिकारीले विदेशमा बसेर सानै उमेरमा पनि देशलाइ आफ्नो ज्ञान र विवेकको प्रयोग गरि शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान निकै महत्वपूर्ण र सम्मानजनक रहेको उनले बताए । निर्वाचनमा विजय हासिल गरेर मात्र उपलब्धि नहुने बताउदै जनताको हितको लागि काम गरेमात्र उपलब्धि हुने वडा १ कि वडा अध्यक्ष शारदा पराजुलिले बताइन । वडालाइ नमुना वडा बनाउन बालबालिकाको शैक्षिक स्तरन्नोती गर्नु पर्ने बताइन । विधालयलाइ गरेको सहयोगले अब विधार्थिलाइ कम्प्युटर शिक्षा समेत प्रदान गर्ने विधालयका प्रधानध्यापक कृष्ण प्रसाद देवकोटाले बताए । विधार्थिको शैक्षिक स्तर वृद्धि गर्न इलाइवेरी निकै फलदायी हुने र विधार्थीलाई पढाइ प्रती थप टेवा पुग्ने उनले बताए ।
उक्त अवसरमा क्याप्टेन हितकाजी गुरुङले एक लाख ५१ हजार एक सय १५ रुपैयाँको अक्षयकोष स्थापना गर्दै विधालयको शैक्षिक स्तर उन्नतिको लागि अफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा गायक विवेक श्रेष्ठ, विधालय सह प्रधानध्यापक श्रीकृष्ण सिक्देल लगायतले बोलेका थिए । कार्यक्रममा चार थान कम्प्युटर र वडाको तर्फ बाट ५० जना विधार्थिलाइ झोला र पोशाक वितरण गरेको शिक्षाका कलादेवी बरालले बताइन ।
रासस