गाउपालिकाका सवै वडामा बर्थिङ्ग सेन्टर स्थापना


पाल्पा ।
फोक्सिङ्गकोट स्वास्थ्य चौकी रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटमा स्थापना गरिएको बर्थिङ्ग सेन्टर उद्घाटन गरिएको छ । रम्भा गाउँपालिकाको नीति तथा कार्यक्रम अनुुसार वडामा पहिलो पटक प्रसुति केन्द्र स्थापना गरिएको हो । प्रसुति केन्द्र स्थापना भएपछि गर्भवती महिलाले गाउँमै सुत्केरी गराउन पाउने हुँदा यहाका वासिन्दा खुशी भएका छन् ।

२४ सै घण्टा सुरक्षित सुत्केरी केन्द्र उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले फोक्सिङ्गकोटमा स्थापना गरिएको बर्थिङ्ग सेन्टरको प्रभावकारी उपयोग, संरक्षण र विकासमा यहाँका जनता लाग्नुपर्ने बताउँदै स्थानीय सरकारले तय गरेको शुन्य होम डिलेभरी कार्यक्रम कार्यान्वयन गर्न सजिलो भएको बताए । फोक्सिङ्गकोटमा बर्थिङ्ग सेन्टर स्थापना भएपछि रम्भा गाउँपालिकाका सबै वडामा बर्थिङ्ग सेन्टर स्थापना भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि रम्भा गाउँपालिका उपाध्यक्ष राधादेवी श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत कल्पना पौडेल, पूर्वखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निलकण्ठ भट्टराई, रम्भा गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष कृष्णप्रसाद रेग्मी, वडा नं. ४ का अध्यक्ष भोजबहादुर वि.क, वडा नं ५ का अध्यक्ष खुमकान्त बस्याल, रम्भा गाउँपालिकाका सुचना अधिकारी रुकलाल भट्टराईले स्थापना गरिएको बर्थिङ्ग सेन्टरको कर्मचारी परिचालन, भौतिक पूर्वाधार विकास तथा सेवाग्राहीको विश्वासमा ध्यानदिनु पर्ने बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य भोवीसरा सारु, आईपास नेपालका जिल्ला संयोजक राधिका नायजू, पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक श्रीराज आचार्य, वडा सचिव भक्तुजङ्ग राना, हुँगी स्वास्थ्य चौकीका ईन्चार्ज रेशम पंगेनी, सुआहारा कार्यक्रमका कृषि विशेषज्ञ कुलप्रसाद सुवेदी, सानाहुँगी माविका प्रधानाध्यापक खेमप्रसाद अर्याल, पदम लामिछाने लगायतले बर्थिङ्ग सेन्टरबाट प्रभावकारी सेवा प्रवाह हुनुपर्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई झोला तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । रम्भा गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक शिवप्रसाद अर्यालको स्वागत मन्तव्य तथा संयोजक महेश आचार्यको संचालनमा कार्यक्रम चलेको थियो । कार्यक्रम फोक्सिङ्गकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष उमानसिं सारुको अध्यक्षतामा चलेको थियो । यसअघि पूर्वखोला गाउँपालिकाले पनि सबै वडामा बर्थिङ सेन्टर संचालन गरिसकेको छ ।