वडा अध्यक्षको भत्ता बिरामीलाई


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको वाँफिकोट गाँउपालिकाका एक वडा अध्यक्षले आफुले पाएको भक्ता बिरामीलाई सहयोग गर्नुभएको छ । ३ नम्वर वडा अध्यक्ष चन्द्रबहादुर केसीले वडामा बैठक बसे वापत पाएको बैठक भत्ता २ जना विरामीलाई दिनु भएको हो । अध्यक्ष केसीले १० नम्वर वडाका एक र ३ नम्वर वडाका एक जना विरामीलाई थोरै भएपनि सहयोग गरेको बताउनुभयो ।
अध्यक्ष केसीले १० नम्वर वडाका मनबहादुर मल्ललाई ५ र ३ नम्वर वडाका मनबहादुर ओलीलाई तीन हजार नगद सहयोग गर्नुभएको छ । रकम ठूलो नभएपनि विरामीलाई भावनात्मक रुपमा सहयो गरौं भन्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष केसीले बताउनुभयो ।
बैठक भत्ता वापत प्राप्त अन्य रकम पनि विरामी, गरीब र असहायलाई सहयोग गर्ने केसीको प्रतिबद्धता छ ।