नगरभित्रका गरिव तथा आधारभुत वर्गका वालवालिकालाई पोसाक बितरण


सरिता चलाउने, सल्यान ।
सल्यानको शारदा नगरपालीकाले नगरभित्र रहेका बिद्यालयहरुमा गरिव तथा आधारभुत वर्गका वालवालिका लाई स्कुल पोषाकका कारण बिद्यालय आउन समस्या नहोस भन्ने उदेश्यले बिधार्थिलाई पोषाक वितरण गरेको छ । नगरपालीकाले सानपा ४ स्थित सुन टाकुरामा रहेको बुद्ध आधारभुत प्राथमिक विद्ध्यालयमा अध्यनरत वालवालिका हरुलाइ पोषाक वितरण गरेको हो ।
शारदा नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष सुधन विस्टको सन्योजकत्वमा सहित नगरप्रमुख पसुरेश अधिकारिले कक्षा १ देखि ५ सम्मका वालवालिका हरुलाइ पोषाक वितरण गर्नु भएको हो । पोषाक अन्तर्गत एक जोडि ट्र्याकसुट उपलव्ध गराइएको नगरपालीकाले जनाएको छ ।
नगरप्रमुख अधिकारीका अनुसार गरिबका कारण बिद्यालय आउन नसक्ने बालबालीकाहरुका लागी पोसाक बितरण गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो कतिपय बालबालीका गरिब, बिपन्नकै कारण स्कुल आउन समस्या भएको छ, जस्को लागी नगरपालीकाले बालबालीकालाई पोषाकको ब्यवस्था गरेको हो ।
नगरप्रमुख अधिकारीले पोसाक बितरण कार्यक्रम नगर भरी विस्तार गरिने बताउनु भयो । पहिलो चरणको पोशाक बितरण बुद्ध आधारभुत प्राथमिक विद्ध्यालय बाट सुरुवात गरिएको बताउनु भयो ।
पछिल्लो समयमा गुणस्तरीय शिक्षा खस्कदै गएको पाईएकाले आफनो नगरभित्र शिक्षाको गुनस्तरियतामा जोड दिन सम्पुर्ण सिक्षक हरुलाई आग्रह गर्नुभयो । जहा समस्या छ त्यहाँ आफुले पहल गरिने बताउनु भयो ।
शारदा नगरपालीकाले शिक्षाको गुणस्तरियता बृद्धि गर्ने उदेश्य राखि नगरभित्रका ५७ वटा बिद्यालयहरुमा अंग्रेजी मिडियाममा पढाई सुरु गरेको छ । कक्षा १ का बालबालीकाहरुका लागी अंग्रेजी पुस्तक उपलब्ध गराईएको छ । शिक्षकहरुको लागी तालिम र भौतिक पुर्वाधार निर्माणमा समेत जोड दिदै आएको नगरप्रमुख शुरेस अधिकारीले बताउनु भयो ।