अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु


विनोद सिंह विष्ट, बैतडी ।
पहिरोले अवरुद्ध भएको खोडपे–बझाङ जयपृथ्वी राजमार्ग पुन सञ्चालनमा आएको छ । आज बिहान साढे ६ बजे बैतडीको सिगास गाउँपालिका ९ श्रीभावरमा पहिरो गएर अवरुद्ध भएको उक्त राजमार्ग मध्यान्हवाट सुचारु भएको हो ।
डोजरको सहयताले पहिरो पन्छाएपछी राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राजमार्ग सुचारु भएपछी रोकिएका सवारी साधन तथा यात्रुहरु आ आफ्नो गन्तब्यतर्फ लागेका छन् । केहीदिनदेखिको लगातारको बर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।