१५ बर्षिया बालिका बलात्कार गर्ने पक्राउ


कालिकोट ।
१५ वर्षिया बालिकालाई २ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई पक्राउ गरेको छ । बालिकालाई ४ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा बमलाई साउन २६ गते प्रहरीले गिरफ्तार गरेको हो ।
पीडित बालिकालाई बमले साउन १८ गतेदेखि २० गतेसम्म सोही गाउँपालिका–३ स्थित एक छोडको घरमा बन्धक बनाएर लगातार बलात्कार गरेको पीडित बालिकाले साउन २५ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको र त्यही आधारमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २५ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको बमलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय कालिकोटका डिएसपी बिनोद शर्माले बताए । ‘पीडित बालिकाको उजुरीको आधारमा बमलाई पक्राउ गरिएको छ ।’ उनले भने,‘घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।