होटेल व्यवसायीले बढी पैसा लिएकोप्रति प्रसासनको ध्यानाकर्षण


विनोद सिंह विष्ट, बैतडी ।
माध्यमिक शिक्षा परिक्षा(एसईई )पूरक अर्थात स्तरवृद्धि परीक्षा सञ्चालन भईरहेका बेला विद्यार्थीहरुसंग सदरमुकामका होटेल व्यवसायीले खाना र बासको बढी पैसा लिएको गुनासो आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयले एक सूचना प्रकाशन गरेर त्यस्तो गुनासो सुन्नमा आएकाले प्रचलित दरभन्दा बढी पैसा नलिन आग्रह गरेको छ ।

विद्यार्थीहरुबाट खाना र बासको बढी रकम लिएको पाइएमा कानुन अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले बताए । उनले भने“केही हाटेल व्यवशायीले बढी पैसा लिएको मौखिक जानकारी आएको छ , त्यस्तो पाईएमा कार्वाही हुन्छ”
यता एसईई स्तरवृद्धि परीक्षा दिईरहेका विद्यार्थीहरुले सदरमुकाममा बस्न निकै अप्ठ्यारो भएको बताएका छन् । एकैठाउँमा केन्द्रहरु राख्दा समस्या भएको विद्यार्थीहरुले बताएका छन् ।
एसईई पूरक अर्थात ग्रेड बृद्धी परीक्षाका लागी बैतडी सदरमुकाम आसपासका ५ वटा विद्यालयमा परिक्षाकेन्द्र रहेका छन्। साउन २३गतेदेखि सुरु भएको एसईई परिक्षा भदौ २ गते सम्म संञ्चालन हुनेछन् ।