उद्यमशीला विकास प्रशिक्षण


लमजुङ ।
लमजुङको सदरमकाम बेसीशहरमा उद्यमशीलता विकास सम्बन्धि प्रशिक्षण गरिएको छ । १९ औँ अन्तर्राष्ट्रिय यूवा दिवसको सन्दर्भमा सो प्रशीक्षण गरिएको हो । गण्डकी प्रदेशका सासंद धनञ्जय दवाडीले प्रशिक्षणको उद्घाटन गर्नुभएको होे ।

उहाँले सवै यूवाहरुलाई उद्यमशीलतामा जोड्न सके मुलुकमा समृद्धि आउने बताउनुभयो । उहाँले आर्थिक क्रान्तीबाट मात्रै समाज रुपान्तरण हुन सहज हुन्छ भन्नुहुँदै प्रत्येक यूवालाई उद्यमशीलतातर्फ जोड्नु आजको आवश्यकता रहेको औँल्याउनुभयो । दवाडीले निदाएर देख्ने सपना भन्दा बुुझिएर देखेको सपनाले सार्थकता पाउँनेमा जोड दिदै ‘विदेशवाट हुने आयातलाई रोकी नेपालवाट निर्यात गरिने अवस्था भएमा मात्र देशले सम्बृद्धि हासिल गर्ने तथ्यतर्फ सहभागीको ध्यानाकर्ष गर्दै प्रत्येक युवालाई नेपालमै बसी केही गर्ने आग्रह गर्नुभयो ।’
जिल्ला यूवा समितिका अध्यक्ष विवश बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला संयोजक कृष्णप्रसाद अधिकारी, काँग्रेसका जिल्ला सभापती भेषबहादुर पौडेल, नेपाल जेसिज क्षेत्र ‘ख’का तालिम संयोजक माधव न्यौपाने, पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष कृष्ण के.सी लगायतले मन्तब्य राख्दै यूवालाई उद्यमशीलतासँग जोड्न सके रोजगारको लागि बिदेशीनु पर्ने अवस्थाको अन्त्य हुने स्मरण गर्नुभएको थियो ।
जिल्ला यूवा समिति लमजुङ, कोपाडेस लमजुङ, लमजुङ जेसिज, रोट्रयाक क्लब अफ लमजुङ, लायन्स क्लब लमजुङ, लमजुङ मस्र्याङदी यूवा क्लब बेसीशहर, सर्वोदय सेवाश्रम भिएसओ आईसीयस कार्यक्रम को संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरीएको थियो । जिल्लाका विभिन्न स्थानमा सक्रिय युवा, स्काई क्लवका लिडर, विभिन्न क्लवका सक्रिय सदस्य तथा पत्रकारको उल्लेख्य रुपमा उपस्थिति रहेको कार्यक्रमलाई वल्र्ड भिजन इन्टरनेशनल नेपाल र बेसीशहर नगरपालिकाले संयुक्त रुपमा सहयोग गरेका थिए ।