पारसरको धरोहर सार्वजनिक


पारस नेपालद्वारा स्वरवद्व गीत कस्तो हुन्थ्यो म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

राष्ट्रकवि माधवप्रसाद घिमिरद्वारा रचित तथा जुगल डंगोलद्वारा संगीतबद्ध गीत पारसको पछिल्लो एल्बम धरोहरमा समेटिएको छ। पत्रकार तथा फिल्म निर्देशक डब्बु क्षत्रीले निर्देशन गरेको यसको म्युजिक भिडियोमा रंगकर्मी वीरेन्द्र हमाल, राहुल श्रेष्ठ र सबिना कार्कीले अभिनय गरेका छन्।

पारसले गाएका पाँच गीत समेटिएको एलबम धरोहर राजधानीमा हालै राजधानीमा आयोजित एक समारोहबिच विमोचन गरिएको हो। एल्बममा गर्मी भयो रे भन्छन्, दायाँबायाँ बेथिति छ, सबै भन्छन् तिमीलाई र तिमीले टेक्ने माटो उही गरी राष्ट्रिय भावनाका ५ गीत छन्। क्षेत्रप्रताप अधिकारी, अमन मास्के, दिनेश अधिकारी र फूलमान वलले लेखेका यी गीत जुगलले नै एरेन्ज र संगीतबद्ध गरेका हुन्।