सरकार सहकार्य गर्न तयार छः रक्षामन्त्री पोखरेल


काठमाडौँ ।
उप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उच्च नैतिक संस्कार विकास गर्ने उद्देश्य राखेर गरिने अभियानमा सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा यहाँ आज आयोजित ‘स्वर्णिय संसारका लागि वैश्विक जागृति’ विषयक कार्यक्रमा उहाँले लागुऔषध सेवन, मध्यपान र धूमपानजस्ता कुलत तथा दूव्र्यशनबाट मुक्ति दिलाउने काममा ब्रह्माकुमारीले पु¥याउँदै आएको योगदानको सह्राना गर्नुभयो ।

उहाँले भन्नुभयो, “ब्रह्माकुमारी शान्ति, सद्भाव, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्दै अघि बढिरहेको छ, प्रत्येक व्यक्तिमा जागरणद्वारा गुणको विकास गरी असल नागरिक बन्न अभियानले प्रेरित गर्नेछ, मानिसमा नैतिक र चारित्रिक विकास नभएसम्म समाजले विकासमा फड्को मार्न सक्दैन ।”

रक्षामन्त्री पोखरेलले अध्यात्मिक चिन्तनद्वारा शान्ति र सभ्य समाजको निर्माण एवं महिला सशक्तीकरण ब्रह्माकुमारीले ठूलो योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजदिदीले शान्ति, इमान्दार र सच्चाइका आधारमा मुलुकलाई अघि बढाउने अभियानमा केन्द्रका सदासर्वदा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र दिल्ली प्रशासन महाशाखाकी प्रमुख आशा दिदीले भौतिक र अध्यात्मक चिन्तनको मिश्रणबाट मात्रै सुख, समृद्धि र विकास सम्भव रहेको धारणा व्यक्त गर्नुभयो । केन्द्रका ब्रह्माकुमार राजसिंह ऐरले केन्द्रले ८२ वर्षदेखि समाज परिवर्तनका लागि सकारात्मक भाव जागृत गर्ने शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

सो अवसरमा “अब त शान्ति फैलियोस् यही छ हाम्रो कामना” गरिएका देशभक्तिको गीत र नृत्य तथा शान्ति बन्दना प्रस्तुत गरियो । विश्वका १२० मुलुकमा शाखा रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका नेपालमा एक हजारभन्दा बढी संस्था रहेको बताइएको छ । सो अवसरमा उपप्रधानमन्त्री पोखरेललाई केन्द्रको तर्फबाट सम्मान गरिएको थियो ।
रासस