खोला किनारमा ग्रिनेड


हेटौंडा ।
पश्चिम मकवानपुरको मनहरी खोला किनारमा फेला परेको ग्रिनेड सेनाले डिस्पोज गरेको छ । गोठालो गएका स्थानीयले शनिबार ग्रिनेड देखेपछि इलाका प्रहरी कार्यालय मनहरीमा खबर गरेका थिए ।
‘एचजी लट नम्बर १०’ लेखिएको ग्रिनेड बालुवामा आधा गाडिएको अवस्थामा फेला परेको थियो । ग्रिनेड फेला परेपछि सुपारेटार ब्यारेकबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । डिस्पोजका क्रममा ठूलो आवाज आएको थियो ।