लोकनृत्य प्रतियोगित हुने


काठमाडौं ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन् प्याव्सन) काठमाडौं जिल्ला कार्यसमितिले मंगलबार (साउन २९ गते) जिल्लास्तरीय अन्तर–विद्यालय लोकनृत्य प्रतियोगिता गर्ने भएको छ ।
आयोजकले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक गेन्द्र लामाले मौलिक कला संस्कृतिको रक्षाका साथै विद्यार्थीहरुको कलाको बिकास गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । गत वर्ष पनि लोकनृत्य प्रतियोगिता भएको थियो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीले नृत्यमा भाग लिन पाउने छन् । ८ देखि २४ जनासम्मको समूह हुनुपर्ने मापदण्ड बनाइएको छ ।
राष्ट्रिय नाचघरमा १ दिन हुने प्रतियोगितामा ६० भन्दा बढी विद्यालयले भाग लिने अनुमान गरिएको आयोजक संस्थाका जिल्ला सदस्य समीर बाँस्तोलाले जनाउनुभयो । एन् प्याव्सनमा काठमाडौंमा ३ सय ५० भन्दा बढी विद्यालय आवद्ध छन् । कार्यक्रममा ३ लाख रुपिँयाभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमलाई काठमाडौं विनायक शिक्षालय, आस्था कला केन्द्र, आर्शाय कन्सल्टेन्सी, एक्टिभ एब्रोड स्टडी, युनाइटेड पव्लिकेशनलगायतका संघसंस्थाले प्रायोजन तथा सहयोग गरेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रथम, द्धितीय र तृतीयलाई क्रमशः १० हजार, ७ हजार र ५ हजारका साथै प्रमाणपत्र र ट्रफी प्रदन गरिने छ भने सान्त्वना तथा अन्य पुरस्कारहरु पनि वितरण गरिने जनाइएको छ ।