नगरपालिकास्तरीय मावि कविता प्रतियोगितामा हिमाली मावि पहिलो


नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा मध्यनेपाल नगरपालिकास्तरीय मावि÷आवि कविता प्रतियोगितामा हिमाली मावि पहिलो भएको छ । भोर्लेटार स्थित हिमाली आमाविको सभाकक्षमा ५२औँ मासिक रचना वाचनका अवसरमा सो प्रतियोगिता भएको हो ।
नगरपालिकाका उपमेयर राकुमार श्रेष्ठको प्रमुख आतिथि तथा सोही वडाका वडाध्यक्ष विष्णुभक्त पौडेलको विशेष आतिथ्यता रहेको थियो । विजयी छात्र÷छात्रा तथा विद्यालयलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि श्रेष्ठले कार्यक्रम उपलब्धी मूलक रहेको बताउनु भयो । उहाँले केही विद्यालय अनुपस्थित रहेको प्रति संकेत गर्दै यहाँ कार्यक्रममा नगरक्षेत्रका सबै विद्यालयले अनिवार्य रूपमा भाग लिन जरुरी छ, भन्नुभयो । उहाँले प्रतियोगितामा भाग लिएका छात्रछात्राले सुनाएका कविताले देश र समाजको यथार्थता बोलेको पाएको बताउनु भयो । यस्ता कार्यक्रमको रिन्तरताका लागि नगरपालिका सहयोग गर्न तत्पर रहेको उहाँले बताउनु भयो ।
विशेष अतिथि पौडेलले बालबालिकामा कविताका बारेमा प्रशिक्षणको आवश्यकता छ । उनीहरूले कविता लेख्ने विधि सिकाउने तालिमको आयोजना गर्न आयोजकलाई आग्रह समेत गर्दै त्यस्ता कार्यक्रममा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले केही कविता तथा हरिदेवी कोइरालाका गीत समेत गाउनु भएर कार्यक्रमलाई थप रोचक बताउनु भएको थियो ।
सो अबसरमा अर्का विशेष अतिथि हिमाली आमाविका प्रिन्सिपलले कविता सिर्जनामा स्थानीय वातावरणले पनि प्रभाव पर्ने बताउँदै आफ्ना विद्यार्थी जीवनका अनुभव समेत सुनाएर विद्यार्थीलाई सिर्जनामा लाग्दा व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनु भयो ।
यसैगरी, आयोजकको अनुरोधमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष एवम् कवि युवराज घिमिरेले कविता के हो यसको लेखन विधि, लेखन तरिका बारेमा प्रशिक्षण शैलीमा मन्तव्य व्यक्त गर्नु भयो । उहाँले ‘शब्द थुपारी के हुन्छ, भाव भए पो कविता हुन्छ ।’ भन्ने पंक्ति सुनाउँदै कवितालाई भावपूर्ण बनाउन र सबैले बुझ्ने हुनका लागि सरल शब्दको प्रयोग गर्नु उपयुक्त हुन्छ भन्नुभयो । उहाँले कविता लेख्दा शीर्षक छनौट त्यसको बुँदा टिपोट, शब्द भण्डार बढाउने, दोहो¥याउँदै पढेर परिमार्जन गर्ने बानीको विकास गर्न जरुरी छ भन्नुभयो ।
माध्यामिक तह र आधारभूत तहमा अलग अलग रूपमा गरिएको सो प्रतियोतिगामा ४७ जना छात्र÷छात्राले भाग लिएका थिए । सो प्रतियोगितामा हिमाली आमाविका छात्रा अमिषा दुरा पहिलो, जनमन्दिर माविका सीमा घिमिरे दोस्रो, भैरवकाली माविका विन्दा वाग्ले तेस्रो र बालविकास माविका सन्तोष परीले सान्त्वना स्थान हासिल गरेको निर्णायक समितिका संयोजक एवम् मकैडाँडा सारिङ साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर सुयलले बताउनु भयो । उहाँका अनुसार आधारतभूततर्फ कल्याण माविका शुष्मा गुरुङ पहिलो, इशानेश्वर माविका सम्पदा अधिकारी दोस्रो, कुसुमाकर माविका करुणा विक तेस्रो तथा भविष्य निर्माण माविका सन्तोष सुनार र मंगला माविका शुष्मा बस्नेतले सान्त्वना स्थान हासिल गरको छन् ।
विजयी छात्रछात्रालाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष युवराज घिमिरेले संयुक्त रूपमा नगदपुरस्कार, टीका र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । प्रतियोतिगामा विजयी हुने छात्रछात्राहरूलाई मावितर्फ पहिलोलाई १ हजार २ सय, दोस्रोलाई ९ सय, तेस्रोलाई ६ सय र सान्त्वना ३ सय रुपैयाँ नगद र प्रमाणपत्र वितरण गरिएको आयोजक अन्तरङ्गका सम्पादक नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार आधारभूततर्फ पहिलोलाई ७ सय, दोस्रोलाई ५ सय, तेस्रोलाई ४ सय र सान्त्वना स्थान हासिल गर्नेलाई २ सय नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । त्यसैगरी, विजेता विद्यालयलाई फ्रेममा राखेर प्रमाणपत्र प्रदान गरिएको थियो ।
‘साहित्यले बढाउने व्यक्ति, समाज र राष्ट्रको स्वाभिमान, साहित्य मैत्री समाज अन्तरङ्गको अभिायान’ भन्ने नाराकासाथ आयोजना गर्ने गरिएको मासिक रचना वाचनको उद्देश्यमा आयोजक अन्तरङ्गका सम्पादक नवराज पहाडीले प्रकाश पार्नु भएको थियो । मानवीय विकास भौतिक विकासको जग हो भन्दै उहाँले यस्ता कार्यक्रममा सबै स्थानीय तहले सहयोग गर्न जरुरी छ र हामी जिल्ला भर जान चाहन्छौँ भन्नुभयो ।
अन्तरङ्गका सहसम्पादक चन्द्रकान्त पौडेलको सभापतित्वमा भएको कार्यक्रममा उहाँले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन गजलकार एवम् शिक्षक रमेश लामिछानेले गर्नु भएको थियो ।