पौडी टोली थाइल्यान्ड प्रस्थान


काठमाडौं, (नेस)
इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली पौडी टोली वैदेशिक प्रशिक्षणका लागि शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ।

२ महिला खेलाडी र १ प्रशिक्षकसहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे। खेलाडीमा गौरिका सिंह र टीसा शाक्य रहेका छन्। प्रशिक्षकमा ओङडेन लामा छन्। भदौ २ देखि शुरू हुने एसियाडको पौडीमा २ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन्। शिरीश गुरुङ र शुभम श्रेष्ठ फुकेटमै प्रशिक्षणरत छन्। एसियाडअन्तर्गत पौडी अगस्ट १९ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ। टोली अगस्ट १५ मा इन्डोनेसिया पुग्नेछ।