अरहान्त ह्याट्रिक उपाधितिर


काठमाडौं, (नेस)
अरहान्तकेशर सिंह जारी तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्समा ह्याट्रिक उपाधि निकट पुगेका छन्।

शुक्रबार भएको सेमिफाइनल खेलमा अरहान्तले राजेन्द्र शाक्यलाई ३–० सेटले हराएका हुन्। योसँगै उनी लगातार तेस्रो उपाधितिर अग्रसर भएका छन्। उनको सामना पूर्वच्याम्पियन अमृत थापामगरसँग हुनेछ। अमृतले अर्को सेमिफाइनल खेलमा प्रवीणवीरसिंह कंसाकारलाई ३–० कै सेटमा पराजित गरेका हुन्।
यसै गरी मास्टर्स ५० वर्षमाथि सिंगल्समा दिलिपनरसिंह अधिकारीले इन्द्रबहादुर कार्कीलाई ३–१ तथा सुदीपबहादुर सिंहले सुरेश गुरुङलाई ३–० को सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे। फाइनल खेल सबै आज हुँदै छ।