वृत्तचित्रमा प्रतिस्पर्धा

0
Shares

पावर इन्टरनेसनल मिडिया नेपाल (पीम नेपाल) को प्रस्तुति तथा नेसनल पावर न्युज डट कम र पावर न्युजको आयोजनामा पीम नेपाल डकुमेन्ट्री फिल्म महोत्सव–२०१८ हुने भएको छ। २०७२ साल वैशाख १ गतेदेखि २०७५ साल भाद्र १५ सम्म विभिन्न विधामा निर्माण भएका डकुमेन्ट्री फिल्मलाई महोत्सवमा सहभागी गराइने आयोजकले बताएका छन्।

पर्यटन, मानवअधिकार, विकास निर्माण, स्वास्थ्य एवं शिक्षा, सामाजिक उत्तरदायित्व, जेष्ठ नागरिक, महिला तथा बालबालिका विधामा सर्वोत्कृष्ट वृत्तचित्र छानिने प्रतियोगितामा उत्कृष्ट सम्पादक, छायांकार, लेखन, स्वरांकन, निर्देशक गरी ५ विधामा अवार्ड दिइने बताइएको छ। त्यसैगरी जुरी, इनकरेज्मेन्ट, पब्लिक च्वाइस र क्रिटिक्स अवार्डसमेत कार्यक्रममा प्रदान गरिने पीम नेपालकी प्रबन्ध निर्देशक कमला जोशीले जानकारी गराएकी छिन्।

नेपालमा वर्षमा के कति अनुपातमा वृत्तचित्र निर्माण हुन्छन् र के कस्ता वृत्तचित्र निर्माण भएका छन् भन्ने थाहा पाउनका लागि पनि यो कार्यक्रम फलदायी हुने तथा उत्कृष्ट वृत्तचित्रलाई सम्बन्धित निकायले प्रदर्शन एवं प्रचारप्रसारका लागि ध्यानसमेत केन्द्रित गर्न दबाब दिने भएकाले यो कार्यक्रम वृत्तचित्रका निर्माता र निर्माणका क्रममा सहभागी हुने सर्जक एवं प्रविधिकलाई समेत फलदायी हुने विश्वास कार्यक्रमका अध्यक्ष माधवराज खरेलले व्यक्त गरे।