लमजुङे सुनीताको तीज गीत

0
Shares

लमजुङ, (नेस)। लमजुङकी चेली सुनीता अधिकारीले नयाँ मौलिक गीत ल्याएकी छन्। उनले क्यारम् मायालाई बोलको गीत हरितालिका तीजलाई लक्षित गर्दै बजारमा ल्याएकी हुन्।

तीज नजिकिएसँगै जथाभावी गीतहरू आइरहेका बेला लमजुङकी चेली गायिका अधिकारीले आफ्नो एकल स्वरमा मौलिक तीज गीत ल्याएकी हुन्। यो उनको आठौं गीत हो। गीतमा उनीसँगै सञ्चारकर्मी रामकुमार शाहीले अभिनय गरेका छन्। २०७२ सालमा गएको विनाशकारी भूकम्पमा बाँच्न सफलहरूको विषयमा निर्माण गरिएको वृत्तचित्र भाग्यले बाँचेकाहरूका सफल निर्देशक गणेश पाण्डेले यो गीतको म्युजिक भिडियो निर्देशन गरेका छन्। गीतमा लय तथा शब्द शिव हमालको रहेको छ भने कोरियोग्राफी प्रकाश भट्टले गरेका हुन्।

कृष्ण विकको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन्।