नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका वडा नं. ७ चतुराले घर भत्कदा एकै घरको एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।
मृत्यु हुनेमा ककनी ७ चतुरालेकी ६ वर्षिय सरु दर्जी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख कसन्त कुवरले बताए । ढुंगामाटोले बनेको जस्ताको छानो भएको २ तले कच्ची घरको छानोको खाँमो भाँचिदा जस्ता माथी राखेको ढुंगाहरु खसी भुई तलामा सुतिरहेको अवस्थामा ६ वर्षिय दर्जीको मृत्यु भएको कुवर बताउनुभयो ।
त्यस्तै ढुङ्गाले लागेर सरुकी आमा कोपिला दर्जी र दिदि सलिना दर्जी घाक्ष्ते भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।











प्रतिक्रिया