राकेश क्वार्टरफाइनलमा


काठमाडौं, (नेस)
तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत राकेश गुप्ता क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएका खेलमा राकेशले लोकन्द्र भण्डारीलाई ३–१ ले हराउँदै अन्तिम आठमा स्थानमा पुगेका हुन् । ज्ञानु चौधरीले इरिक लाटोरीलाई ३–० अंकले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे । यसैगरी अन्तिम १६ पार गर्ने क्रममा प्रवेश बहादुर सिंह कंसाकारले निशान्त अग्रवाललाई, अमृत थापामगरले रोबिन देवकोटालाई, राजेन्द्र शाक्यले काशी राम भण्डारीलाई अर्हान्त के सिम्हाले बिजय मगरलाई समान ३–० अंकले पाखा लगाएका हुन् ।

यस्तै पुरुष एकलतर्फ अन्य खेलमा दिलीप अधिकारीले रत्नकाजी शाक्यबाट वाकओभर पाएका थिए ।

महिला सिंगल्सतर्फ डिफेन्डिङ च्याम्पियन भावना सुनुवार सेमिफाइनलमा पुगेकी छिन् । भावनाले आयुशा श्रेष्ठलाई ३–० अंकले पराजित गर्दा कृष्णा थापाले श्रीमाया लामालाई सोही अंकको अन्तरमा हराएकी थिइन् । त्यस्तै स्वस्थानी श्रेष्ठले सपना ब्लोनलाई र विपना ब्लोनले मुस्कान राउतलाई समान ३–० अंकले पराजित गरी अन्तिम चारको यात्रा तय गरे ।

मास्टर्स ५० वर्षमाथिको पुरुष सिंगल्सतर्फ सुदीपबहादुर सिंहले मधुवन मास्केलाई, प्रेम सिंहले रुपकदास ताम्रकारलाई, इन्द्रबहादुर कार्कीले सानुबाबु महर्जनलाई, किशोर महर्जनले लालबहादुर गुरुङलाई हराउँदै अन्तिम आठमा पुगे । अन्य अन्तिम आठको यात्रा गर्नेक्रममा मनोजबहादुर श्रेष्ठले बीरबहादुर नेपाललाई, अनिल बज्राचार्यले विनोदध्वज खड्कालाई र सुरेस गुरुङले महेन्द्र महर्जनलाई पराजित गरेका छन् ।

प्रतियोगिताअन्तर्गत यु १५ ब्वाइज सिंगल्सतर्फ सलीन थापामगर, विकास मगर, रोहन नेपाली र राजेश परियार अन्तिम चारमा पुगेका छन् । सोही उमेर समूहको गल्र्स सिंगल्समा मुस्कान राउत, सपना ब्लोन, आयुशा श्रेष्ठ र श्रीमाया लामा पनि आ–आफ्ना प्रतिद्वन्द्वीलाई पन्छाएर अन्तिम चारमा प्रवेश गरे ।