स्वर्ण विजेता विद्यार्थीलाई ह्वाइटफिल्डद्वारा सम्मान


काठमाडौं, (नेस)
अष्टे«लियास्थित क्यारेरा इन्डोर स्टेडियममा जुलाई २८ देखि २९ सम्म भएको नौँ गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियन सिपमा आफ्नो विद्यालयबाट सहभागी विजेतालाई काठमाडौंको क्षेत्रपाटीस्थित ह्वाइटफिल्ड माध्यमिक विद्यालयले बुधबार सम्मान गरेको छ ।

विद्यालयले ग्यरोगीतर्पm ४६ केजिमुनिको तौल समूहमा स्वर्ण विजेता कक्षा–९ मा अध्ययनरत छात्रा सितुसिंह मास्केलाई सम्मान गरेको हो । मास्केले अष्टे«लियाकी एमी लिलाई १२–३ ले हराएर स्वर्णपदक जितेकी थिइन् । उनले पुम्सेतर्पm पनि कास्य पदक जितेकी छिन् ।

स्कुलका तेक्वान्दो प्रशिक्षक कुमार लामाको नेतृत्वमा अष्टे«लिया गएको टोलीमा ह्वाइटफिल्डकै पूर्वछात्रा याङ्चेन शेर्पा पनि सहभागी थिइन् । उनले पुम्सेतर्फ स्वर्ण पदक जितिन् । टोलीमा सहभागी विद्यालयकी प्रिन्सिपल दुर्गा श्रेष्ठद्वारा प्रशिक्षक र विद्यार्थीलाई सम्मानित भए ।