रक्सौल–अम्लेखगन्ज खण्डमा १६ किलोमिटर पाइपलाइन विच्छाइयो

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
नेपाल भारत पेट्रोलियम पाइपलाइन परियोजानका विस्तारको लागि रक्सौल–अम्लेखगन्ज खण्डको ३६ दशमलव २८ किलोमिटर मध्ये १६ किलोमिटर पाइपलाइन विच्छाउने काम सकिएको छ ।

२ सय ४५ भौतिक संरचना हटाउनु पर्ने नेपाल आयल निगमले सडक विभागलाई सिफारिस गरेको थियो । ती संरचना ४ किलोमिटरमा पाइलाइन विस्तार गर्नुपर्ने क्षेत्रमा रहेका छन् । पत्तलैया अम्लेखगञ्ज सडक खण्डको वन क्षेत्रको ८ किलोमिटर वाँकी रहेको छ जसको वन मन्त्रालयमा वातावरणीय प्रभाव मूल्याङकनको क्रममा रहेको निगमले जनाएको छ । साथै ९ किलोमिटर टुक्राटुक्री क्षेत्रको बाँकी रहेको छ ।

वार्ड देखि रजत्तजयन्ती चोक सम्म बाँकी रहेको छ । यता वाईवास क्षेत्रको ७ किलोमिटर खण्डमा करिव १ किलोमिटर वाँकी रहेको छ । गंठक चोक बाट परवानी पुरसम्म खाल्डाखुल्डी रहेकाले त्यता पनि पाइपलाइन विच्छाउने काम बाँकी राखिएको छ । केही क्षेत्रमा भने ड्रिल गरेर पाईपलाइन विस्तार गर्ने योजना निगमको रहेको छ ।

जितपुर वजार परवानीपुर वजार भंसार पत्तलैया क्षेत्रमा पाइपलाइन विस्तारको काम बाँकी रहेको छ । विभिन्न खाले अवरोध भएकाले गर्दा हाल सो खण्डमा वाँकी राखिएको निगमले जनाएको छ ।

सडग विभागको जग्गामा अतिक्रमित गरेर वनाईएको भैतिक संरचनाले पाइपलाइन विस्तारमा अवरोध भए पछि निगमले विभागलाई हटाउनको लागि अनुरोध गरेको हो । यसको लागि विभागले सूचना जारी गर्न हटाउनु पर्न घर टहरामा कतिमात्रामा हटाउनु पर्ने हो यसको समेत रेखाङकन समेत गरिसकेको निगमका निमित्त प्रमुख ई–सुशील भट्टराईले जानकारी दिनुभयो ।

कही हटाइदै छ, केही हटाउने कार्य जारी रहेको हाल भने वर्षा सिजन भएकाले गर्दा खाडलमा पानी भरिएर विस्तारमा अवरोध भएपछि विस्तार गर्ने काम यथावत राखिएको निमित्त प्रमुख भट्टराईले बताउनुभयो । अवरोध रहेका भोतिक संरचनामा घर टहरा मन्दिर भंसार कार्यालय आँखा अस्पताल लगायतका संरचना रहेका छन् ।

नेपाल आयल निगमले केही महिना अगाडिबाट पाइप विछ्याउन शुरू गरेको थियो। निगमले बाराको जीतपुरबाट पाइप बिछ्याउने काम थालेको थियो। बिच्छाएको पाइपलाइनबाट पहिलो चरणमा डिजेल आयात गरिने निगमले जनाएको छ।

निगमले वाराको जितपुर –सिमराबाट पाइप बिछ्याउने काम थालेको थियो । निगमले पेट्रोलियम पदार्थमध्येमा डिजेलको माग हाल बजारमा उच्च रहेकाले डिजेलको मागलाई सम्बोधन गर्नको लागि पहिचो चरणमा पाइपलाइनबाट डिजेल आयात गर्न लागिएको निगमले जनाएको छ।

मोतिहारी–अमलेखगञ्जहुँदै पाइपलाइन विस्तार हुनेछ। मोतीहारी–रक्सौल पेट्रोलियम पाइपलाइन ३२ दशमलव ७८ किलोमिटर रहेको छ भने रक्सौल–अम्लेखगन्ज भने ३६ दशमलव २८ किलोमिटर रहेको छ।

१६ हजार किलोलिटर इन्धन मौज्दातको लागि ४ टंयाङकिलाई स्तरउन्नति गरिँदै छ । ३९ सय किलो लिटरका २ र ४१ सय किलोलिटरका २ टंयाङकीलाई स्तरउन्नती गरिदै छ । बढिरहेको मागलाई सम्वोधन गर्नको लागि नेपाल आयल निगमले ४ पुरा ठूलाटंयाङकी लाई स्तर उन्नति गरेर मौज्दात राख्नको लागि उचित बनाउँदै छ ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये भारतीय आयल निगम (आईओसीं) को २ अर्ब र नेपाल आयल निगम (एनओसी) को ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ। बरेली नाकाबाट आयात हुँदै आएको पेट्रोलियम पदार्थ भने अब मोतिहारीमा नै आईओसीले डिपो निर्माणसँगै सोही स्थानबाट आयात गर्नेछ।

भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुनेछ। रक्सौल–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका मेकानिक इन्जिनियर शरदप्रसाद पौडेलका अनुसार हालसम्म ३७ किलोमिटरनै पाइप आएको र बाँकी अरू साना ठूला पाइप आउने क्रममा रहेको बताउनुभयो।

काम शुरू भएको १५ महिनामा भारतको मोतीहारीबाट निगमको अमलेखगन्जस्थित डिपोमा जोडिने निगमको दाबी छ। सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। सहमतिमा काम शुरू भएको २ वर्षभित्र सक्ने सहमति भए पनि नाकाबन्दीले गर्दा आयोजनाले गति लिन सकेको थिएन भने आयोजनामा दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइ हुँदा निर्माण प्रक्रिया ढिलो शुरू भएको थियो।