अखाद्य वस्तु बेच्ने २ सय २४ व्यापारी विरुद्ध मुद्दा दायर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
गत आर्थिक वर्ष २०७४÷७५ मा खाद्य ऐन, २०२३ को बर्खिलाप हुने गरी व्यापार व्यवसाय सञ्चालन गर्ने २ सय २४ व्यापारी विरुद्ध मुद्दा दायर गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा २ सय २४ वटा मुद्दा दायर गरिएका जनाएको छ । त्यसमा न्यँन गुणस्तरका खाद्य वस्तु बेच्ने १ सय २३, दँषित खाद्यवस्त बेच्ने ६०, पानी दुषित पानी बेच्ने ४१, खाने तेलका ३८, दँधका १६ र अरु मुद्दाहरु वस्तुको गुणस्तर, मुल्य, लेबले लगायतका विवरण नमिलेका मुद्दा छन्।

त्यसरी दर्ता भएका मुद्दामा सम्बन्धित जिल्ला समन्वय समितिले खाद्य ऐन, २०२३ अनुसार न्यँनस्तर, मिसावट तथा दँषित खाद्यवस्तु उत्पादन तथा बिक्रिवितरणको कसुरमा मुद्दा अगाडि बढाएको विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा देशभरिबाट २ हजार ८ सय १३ वटा नमँना संकलन गरी परिक्षण गर्द ३ सय ५४ वटा न्यँन गुणस्तरका पाइएको छ । त्यसमध्ये खाद्य समँहमा सबैभन्दा बढी १ सय ४० वटा न्यँन गुणस्तरको पाइएको छ ।

जसमध्ये दुध तथा दुग्ध पदार्थ ७२, प्रसोधित पिउने पानी २६, गुलियो पदार्थ १७, तेल तथा घ्युजन्य पदार्थ ११ वटा न्यँन गुणस्तरको पाइएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । संकलन गरिएको नमुनामध्ये २ हजार ४ सय ८५ वटा नमँनाको मात्र प्रयोगशालामा परिक्षण गरिएको विभागले जनाएको छ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेको तथ्यांक अनुसार दुग्धजन्य वस्तु र पीउने पानीमा गुणस्तरको समस्या सबैभन्दा बढी देखिएको छ । विभागका अनुसार प्रतिकँल पाइएका नमँनामध्ये दँध तथा दँग्धजन्य पदार्थमा १ सय १ वटा र प्रशोधित पिउने पानीमा ६६ वटा गुणस्तर रहेको पाईएको छ ।

काठमाडौं उपत्यकामा मात्र नभई अन्य सहरी क्ष्ँेत्रमा बिक्री वितरण हुने जार तथा बोतलको पानीमा गुणस्तरको समस्या देखिएको छ। उपत्यका मै पनि काठमाडौंमा ११, ललितपुरका १० र भक्तपुरका २ पानी वटा उद्योगमा गुणस्तरको समस्या देखिएको छ।

यस्तो समस्या देखिएका २३ वटा उद्योगविरुद्ध विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विभागले मुद्दा दायर गरेको छ। दुधमा मिसावट गर्ने उपत्यकाका ११ वटा डेरी उद्योगहरु विरुद्ध पनि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।