ब्याडमिन्टन टोली भारत प्रस्थान


काठमाडौँ ।
इण्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज भारतको पुणे प्रस्थान गरेको छ ।

यही साउन २४ देखि २७ गतेसम्म हुने प्रतियोगितामा प्रफुल महर्जन, रकेश महर्जन, प्रिन्स दाहाल र पविन लिङथेपले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक र व्यवस्थापकको जिम्मेवारी मेघराज कठायतले पाउनुभएको छ ।

सोह्र राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य वीरेन्द्र श्रेष्ठ, राखेपअन्तर्गत तालीम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले एक कार्यक्रमबीच आज बिदाइ गर्नुभयो ।
रासस