हेटौँडाको अवरुद्ध सडक सञ्चालन


हेटौँडा ।
गएरातिदेखि परेको अविरल वर्षाले हेटौँडा कुलेखानी सडक खण्डमा पर्ने ईन्द्रसरोवर गाउँपालिका वडा नं. ६ फाखेल महालक्ष्मी डाँडामा आएको पहिरो हटाई हेटौँडा–काठमाडौँ यातायात सेवा आज अपराह्नदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी ईन्द्रसरोवर गाउँपालिका वडा नं। ३ मदनभण्डारी राजपथअन्र्तगत पर्ने सिस्नेरी डाँडामा गएराति पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएकोमा आज साँझ ७ बजेदेखि सञ्चालन भएको स्थानीय सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।

अवरुद्ध सडक सञ्चालनमा आएसँगै रोकिएका सुमो, जीप, कार, मोटरसाइकलमा सवार यात्रुहरु बिहानैदेखि पहिरो गएको स्थानमा ४ घण्टा कुर्नु परेको थियो । यातायात सञ्चालनपछि यात्रुहरु आ–आफ्नो गन्तव्यमा प्रस्थान गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिनुभयो ।
रासस