समृद्धिका लागि सबैको सहयोग आवश्यक छः सभामुख श्रेष्ठ


हेटौंडा ।
प्रदेश नम्बर ३ को सभामुख सानुकुमार श्रेष्ठले देश समृद्धिको बाटोमा अगाडि बढेकाले त्यस कार्यमा सबैको सहयोग आवश्यक भएको बताउनुभएको छ ।

संसदीय रिपोर्टिङसम्बन्धी तालीम कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै सभामुख श्रेष्ठले भन्नुभयो, “अब सबैको एजेण्डा आर्थिक समृद्धि हुनुपर्छ ।” उहाँले आर्थिक क्रान्तिका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

परिवर्तनका लागि राजनीतिकज्ञको मात्र नभई सबैको उत्तिकै दायित्व हुने बताउँदै सभामुख श्रेष्ठले जनता र सरकारबीचको पुल भएर विकास निर्माणमा सघाउन पत्रकारलाई आग्रह गर्नुभयो ।
रासस