भाडा माझ्न गएका दिदीभाइको नहरमा डुबेर मृत्यु


नेपाल समाचारपत्र, विराटनर ।
सुनसरी मोरङ सिचाइँ आयोजनाको नहरमा डुवेर एकै घरका दिदीभाइको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका ३ बस्ने दिनेश खड्काकी ११ वर्षकी छोरी श्रृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्काको नहरमा डुवेर मृत्यु भएको हो ।

मंगलबार बिहान भाँडा माझ्ने क्रममा चिप्लिएर दिदीभाइ बेपत्ता भएका थिए ।

दिदीभाइको शव खोज्न सशस्त्र प्रहरीले दुईवटा गोताखोर परिचालन गरी वेपत्ता दिदीभाइको शव अपरान्ह फेला पारेको थियो ।