सुर्तिजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्नुपर्छ


काठमाडौं ।
सुर्तिजन्य पदार्थको सेवनका कारण मृत्यु हुनेको संख्या धेरै रहेको जनाइएको छ ।
क्यान्सर काउन्सिल नेपाल र माछापुच्छ«े बैंकले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको जनचेतना तथा अन्तरक्रियामा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले सुर्तिजन्य पदार्थ नै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताउनुभयो ।
उहाँका अनुसार नेपालमा प्रत्येक वर्ष वातावरणीय प्रदुषणका कारण नौ हजारभन्दा बढिको ज्यान जाने गरेको छ भने सुर्तिजन्य पदार्थको उपभोगले करीब ३० हजार मानिसले अकालमै ज्यान गुमाएका छन् ।
“यसरी हेर्दा वातावरण प्रदुषणका कारणभन्दा सुर्तिजन्य पदार्थको सेवनका कारणले निधन हुनेको संख्या अत्यधिक देखिएको छ, यो डरलाग्दो तथ्यांकबाट हामी सबै सचेत हुनुपर्छ,” डा पौडेलले भन्नुभयो ।
काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तिजन्य पदार्थ सेवनको रोकथामका लागि विद्यालयस्तरबाट नै बालबालिकालाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।
रासस