अटो रिक्साको ठक्करबाट एक वृद्धको मृत्यु


मोरङ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा अटो रिक्साको ठक्करबाट एक वृद्धको आज मृत्यु भएको छ ।

आज बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२ह १७३२ नंको अटो रिक्साको ठक्करबाट सोही ठाउँका पैदलयात्री ७८ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको हो ।

अटोको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा दिउँसो २ः४५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । ठक्कर दिने अटो रिक्सा र त्यसका चालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।
रासस