मधेशमा नेकपाले माक्र्सवाद पढाउने


कृष्णउदास खनाल, वीरगन्ज ।
नेकपाले मधेसमा माक्र्सवादको प्रचार अभियान शुरु गरेको छ । कार्लमाक्र्स जन्म द्वीशतवार्षिकीको अवसर पारेर मधेसमा माक्र्सवादको बारेमा गहन छलफल गर्न लागेको नेकपामा नेताहरुले बताएका छन् ।
त्यसका लागि नेकपाले भदौ १ र २ गते वीरगन्जमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेकपाका शीर्ष नेताहरु, वाम घटकका नेता, वाम वुद्धिजीवी तथा चिन्तकहरुले मधेसमा माक्र्सवादसम्बन्धी गहन विचार, दृष्टिकोण तथा सोचहरु राख्ने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो ।प्रदश नम्बर २ का ८ वटै जिल्लाका १ हजार नेता कार्यकर्ता तथा अगुवाहरु सहभागी हुने कार्यक्रममा माक्र्सवादलाई विभिन्न कोण तथा दृष्टिकोणबाट बहसमा ल्याइने जानकारी कार्लमाक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति, प्रदेश २ ले जनाएको छ । कार्यक्रमका लागि नेकपाका नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति र अन्य ६ वटा उपसमितिहरु गठन गरिएका छ
पत्रकार सम्मेलनमा नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले मधेसमा माक्र्सवादको अझै बढी आवश्यकता रहेको बताए । ‘समाजवादका लागि सबैभन्दा भरपर्दो वैज्ञानिक विचार माक्र्सवाद हो भनेर विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । उनले माक्र्सवादले सामाजिक र आर्थिक प्रक्रियालाई मजबुत बनाउनुको साथै लोकतन्त्रलाई सुदृढ बनाउने दाबी गरे ।नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राम कार्कीले मधेसमा विद्यमान समस्याको गाँठो फुकाउन माक्र्सवाद बुझ्न जरुरी रहेको बताए