गैँडाकोटमा मलेरियाको संक्रमण


नवलपरासी ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा मलेरियाको संक्रमण देखापरेको छ । यसै महिनामा नगरपालिकाभित्र एक बालिकासहित तीन जनामा मलेरियाको संक्रमण देखा परेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट–सुस्ता०पूर्व कार्यालयका अनुसार गैँडकोट नगरपालिकाका विभिन्न वडामा पछिल्लो तीन सातायता तीन जनामा मलेरियाको संक्रमण देखापरेको छ ।

विभिन्न वडामा मलेरियाको संक्रमण देखा परेपछि आसपासका क्षेत्रमा करीब १५० जनाको नमूना रगत संकलन गरी परीक्षण गरिएको कार्यालयका तथ्यांक अधिकृत इन्द्र भण्डारीले जानकारी दिनुभयो । पछिल्लो पटक गैँडाकोटमा एक ब्रिटिश क्याप मन्दिर टोलमा छ वर्षीय बालिकालाई मलेरियाको संक्रमण देखापरेको थियो । त्यसपछि त्यस क्षेत्रका स्थानीयवासीको रगत परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय नगर स्वास्थ्य शाखाले जनाएको छ ।

मुगुबाट ६ महिना पहिला गैँडाकोट आएकी बालिकालाई मलेरियाको संक्रमण देखा परेको हो । यस अगावै गैँडाकोट–५ मा एकजना र गैँडाकोट–१८ रतनपुरमा एकजनामा मलेरिया संक्रमण देखा परेको थियो । गँैडाकोट–१ की बालिका मुगु र गैँडाकोट ५ र १८ का व्यक्ति भारतमा काम गरेर नेपाल आएका थिए ।

गैँडकोटमा मलेरियाको संक्रमण देखापरेपछि स्थानीयवासीलाई सचेत रहन जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट–सुस्ता० पूर्व कार्यालयले सबैलाई आग्रह छ ।
रासस