प्रदेश स्तरीय ट्राफिक कार्यालय चितवनको कुरिनटारमा


नेपाल समाचारपत्र, चितवन ।
प्रदेश नम्बर ३ को प्रदेश स्तरीय ट्राफिक प्रहरी कार्यालय चितवनको कुरिनटारमा स्थापना गरिने भएको छ । कार्यालय स्थापनाको लागि प्रहरी उपरिक्षक नविन राज राईको नेतृत्वको टोली यतिवेला चितवनमा खटिएको छ । कार्यालयमा ३६ जना ट्राफिकको दरबन्दी तोकिएको छ । सुरुमा मुग्लिनमा कार्यालय राख्ने भनिएपनि घर उपलब्ध नभएका कारण कुरिनटामा कार्यालय राख्ने निश्चित भएको ट्राफिक प्रहरी उपरिक्षक नविन राज राइले बताए । “पाँच जना कार्यक्षेत्रमा खटिएका छौं’,कार्यालय स्थापना गर्न अझै केहि समय लाग्छ,उनले भने ।” प्रदेशको निकै ब्यस्त राजामार्ग नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सोही क्षेत्रमा पर्ने भएकाले प्रदेश कार्यालय चितवनमा स्थापना गरिएको राईले बताए । उनले कार्यालय स्थापना भएपछि यसक्षेत्रको र प्रदेशको ट्राफिक ब्यवस्थापनमा सहजता आउने उनले दाबी गरे ।