छोराको स्मृतिमा स्वास्थ्य केन्द्रको भवनका लागि तीस लाखको जग्गा दान

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
यहाँका एक दम्पतीले आफ्ना दिवंगत छोराकोको स्मृतिमा गाउँमा स्वास्थ्य केन्द्रको भवन बनाउन ३० लाख पर्ने जमिन दान दान गरेका छन ।
पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटका शहरी स्वास्थ्य चौकीको भवन बनाउन छात्रवहादुर क्षेत्री र श्रीमती भद्रकला क्षेत्रीले पाँच आना जग्गा दान गरेका हुन ।
गाउँमै स्वास्थ्य चौकीको पहुँच पु¥याउन साईलो छोरा खड्कावहादुर क्षेत्रीको स्मृतिमा जग्गा दान गरेको क्षेत्रीेले बताए । उनका छोरा खड्कावहादुर क्षेत्रीको १२ बर्ष अघि रोजगारीको शिलशिलामा साउदी अरवमा मृत्यु भएको थियो । जग्गाको लाजपुर्जा शहरी स्वास्थ्य केन्दको नाममा नामकरण गरिएको छ । उक्त जग्गाको लालपुर्जा जग्गादाताहरुले शहरी स्वास्थ्य केन्द्रका अध्यक्ष तथा वडाध्यक्ष यदुनाथ बास्तोलालाई हस्तान्तरण गरेका छन ।
स्वास्थ्य क्षेत्रको विकासका लागि योगदान गरेको भन्दै जग्गादातालाई कुश्मा नगरपालिका मेयर रामचन्द जोशीले र कुश्मा नगरपालिका २ खुर्कोटका वडाध्यक्ष यदुनाथ बास्तोलाले दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका मेयर जोशीले आवश्यक सुविधासहितको भवन निर्माण गर्ने प्रक्रिया अघि बढाइने आश्वासन दिए । उनले े भवन निर्माणको काम तत्काल थाल्न वडाध्याक्षलाई निर्देशन समेत दिए ।
कार्यक्रमा जग्गा दाता छत्रवहादुर क्षेत्रीले साधारण स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यताका कारण स्थानीयस्तरमै सुविधासम्पन्न स्वास्थ्य चौकी बनोस् भनेर जग्गा दिएको बताए । भवन अभावमा हाल स्वास्थय चौकीको भवन विगत दुई वर्षदेखी हिमालय मा.विको कक्षा कोठामा सञ्चालन हुँदै आएको छ । स्वास्थ्य चौकीमा अहिले उपयुक्त भण्डार कोठा, परीक्षण कक्ष, औषधि तथा उपकरण राख्ने ठाउँ तथा कर्मचारी बस्ने ठाउँ पनि छैन । हाल सञ्चालनमा रहेको भवन साँधुरो हुँदा विभिन्न समस्या झेल्नुपरेको स्थानीयवासीको गुनासो छ ।