उरुषा मिस ग्रान्ड नेपाल

0
Shares

जधानीमा सम्पन्न सौन्दर्य प्रतियोगितामा उरुषा जोशीले मिस ग्रान्ड नेपाल–२०१८ को उपाधि चुमेकी छिन्। ‘तपाईं मिस ग्रान्ड नेपाल–२०१८ को उपाधि विजेताका रूपमा नेपालको संसद्मा उपस्थित भएर वर्तमान अवस्थालाई विचार गरी नेपाल र नेपालीको हकमा बोल्नुपरेमा, कुन विषयमा आवाज उठाउनुहुन्छ र किन? भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर उरुषा ताज चुम्न सफल भएकी हुन्। सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न प्रतियोगितामा उनलाई यसअघिकी विजेता जिनस लामाले ताज पहिराइदिएकी थिइन्।
उरुषाले उपाधि जितेबापत नगद ५० हजार रुपियाँका साथमा स्कुटर पुरस्कार पाएकी छिन्। उनले उपाधि जितेबापत म्यानमारमा हुने मिस ग्रान्ड इन्टरनेसनल–२०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेकी छिन्। उनी बेस्ट वाक उपउपाधि विजेता पनि भइन्। प्रतियोगितामा इक्सा मादेन बेस्ट पर्सनालिटी अवार्ड विजेतासहित फस्ट रनर्सअप तथा रिया गैरे बेस्ट ट्यालेन्ट र फोटोजेनिककसहित सेकेन्ड रनर्सअप भइन्। इक्सा र रियाले २०–२० हजार रुपियाँ पाए। फेसन डिजाइनर उत्तम बनेपालीले तयार पारेका पहिरनहरूमा सजिएका मिस ग्रान्ड नेपाल–२०१८ का प्रतिस्पर्धीहरूले कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीअन्तर्गत आफ्नो प्रस्तुति दिएका थिए। आरके इन्टरटेनमेन्ट ग्रुपको आयोजनामा भएको प्रतियोगितामा सुस्मिता तामाङ बेस्ट फिगर र बेस्ट स्पिच, सन्जिता रानाभाट मल्टिमिडिया तथा सारा कपाली बेस्ट रिपोर्ट राइटिङको अवार्ड जित्न सफल भएका थिए।