पाख्रिनको टिनएज

0
Shares

२ दशकभन्दा लामो समयदेखि नृत्य निर्देशन गर्दै आएका नृत्य निर्देशक दिनेश पाख्रिनले पहिलोपटक फिल्म निर्देशन गरेका छन्। उनले आफ्नै निर्माणमा टिनएजको निर्देशन गरेका हुन्।
आगामी शुक्रबारदेखि अल नेपाल रिलिज हुने फिल्म नृत्य निर्देशनको अनुभवलाई पर्दामा उतार्न बनाएको पाख्रिनले बताए। थुप्रै फिल्ममा निकट भएर काम गर्ने क्रममा निर्देशनसम्बन्धी ज्ञान लिई फिल्म निर्देशनमा हात हालेको दिनेश बताउँछन्।
‘टिनएज तन्नेरी पुस्ताको प्रेमकथामा आधारित फिल्म हो। यो फिल्मले अहिलेको तन्नेरी पुस्तालाई प्रेमको नाममा बिग्रनबाट कसरी जोगिने भन्ने सन्देश दिन्छ।’ –पाख्रिनको दाबी छ। फिल्ममा नरेशवीर सिं, प्रतीक्षा खड्का, सरोज शाह, एन्जिला खड्गी, सरिता राजोपाध्याय, अजय खड्का, माया मगरलगायतका कलाकारले अभिनय गरेका छन् भने बिरु मगर, चिनीमाया बाइवा, देविका खड्का, बुद्धिमान स्याङ्तान निर्मल पनि यसको निर्माता हुन्।