हलिउड अभिनेतृको निधन

0
Shares

हलिउड अभिनेतृ सार्लोट रेको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको घोषणा उनका प्रचारकले गरेका थिए।
एजेन्सीका अनुसार बोन क्यान्सरबाट पीडित उनी आफ्नो घरमा मृत अवस्थामा भेटिएकी थिइन्। हास्य भूमिकाका लागि लोकप्रिय उनले निकै कम उमेरमा नै अभिनय शुरू गरेकी थिइन् भने केही रंगमञ्च समूहमा पनि सक्रिय थिइन्। उनी सन् १९७५ को अमेरिकी टेलिभिजन शो क्विन अफ द स्टारडम बलरुम तथा स्टार्ड इन डिफरेन्ट स्ट्रोकमा गरेको सानदार अभिनयका कारण चर्चित थिइन्।