पेट्रोलको कालोबजारी नियन्त्रणको मागः प्रसासनलाई ज्ञापनपत्र र मोटरसाईकल र्याली



विनोद सिंह विष्ट, बैतडी ।
पेट्रोलमा भईरहेको कालोबजारी नियन्त्रण गर्न माग गर्दै नयाँ जीवन समाज नेपाल बैतडीले आज जिल्ला प्रसासन कार्यालयलाई ज्ञापनपत्र बुझाउनुका साथै मोटरसाईकल र्याली निकालेको छ । सतबाँझबजारदेखि सदरमुकाम गोठलापानी सम्म मोटरसाइकल र्याली निकालेको हो ।
र्यालीपछि प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेलाई पेट्रोलमा भईरहेको कालोबजारी नियन्त्रण गर्न भन्दै ज्ञापनपत्र बुझाइएको संस्थाका अध्यक्ष अमर बहादुर टेरले बताए । पेट्रोलको सरकारी मूल्य १०४ रुपैया लिटर भएपनि उपभोक्ताहरुले १३५ देखि १५० रुपैंया सम्म प्रतिलिटर पेट्रोलका लागि तिरीरहेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गैरेले पेट्रोलमा भईरहेको कालाबजारीका बारेमा आयलस्टोर र उद्योग वाणिज्य संघका पदाधिकारीहरुसंग छलफल गरेर टुंगोमा पुग्ने बताए ।

बैतडीमा पेट्रोल किन्दा चर्को मूल्य तिर्न उपभोक्ताहरु बाध्य भएका छन् । सतबाँझमा रहेको जिल्लाको एकमात्र भण्डारी आयल स्टोरले बिगत २ बर्षदेखि पेट्रोल आयत नगर्दा उपभोक्ताहरुले चर्को मूल्य तिरेर पेट्रोल किन्न बाध्य भएका हुन् । यसका साथै पेट्रोल नपाउँदा उपभोक्ता महंगो तथा मिसावट गरिएको पेट्रोल किन्न बाध्य भएका हुन् । साथै यसले गर्दा पेट्रोलमा कालोबजारी समेत मौलाउदै गएको हो ।

प्रतिक्रिया दिनुहोस्