मन्त्रीपरिषद्को बैठकले गर्येा डोटी बोगटान गाउपालिकाको नाम फेर्ने निर्णय



विमल विष्ट, डोटी ।
प्रदेश नम्वर ७ को मन्त्रीपरिषद बैठकले डोटीको वोगटान गाउपालिकाको नाम हेरफेर गर्ने निर्णय गरेको छ । आईतबार बसेको मन्त्री परिषदको बैठकले डोटीको बोगटान गाउपालिको नाम ‘वोगटान फुडसिल’ गाउँपालिका कायम गर्न नेपाल सरकार समक्षसिफारिश गरी पठाउने निर्णय गरेको छ ।

स्थानिय जनताको माग र गाउ सभा बैठकले गरेको निर्णय र सिफरिस बमोजिम यस्तो निर्णय गरिएको हो ।
यस्तै कैलाली जिल्लाको कैलारी गाउँपालिकाको वडा नं. ४ को नवलपुर गाउँलाई वडा नं. १ मा समावेश गर्न,डोटीको आर्दश गाउँपालिकाको वडा नं. ४ को पातलगाउँलाई वडा नं. ५ मा समावेश गर्न तथा भागेश्वर गाउँपालिका डडेल्धुराको वडा नं. ४ को गुवाडी टप्वामा केन्द्र सार्न नेपाल सरकार समक्षसिफारिश गरि पठाउने निर्णय समेत उक्त बैठकले गरेको छ ।

स्थानिय तहको माग र सिफरिस बमोजिम नै नाम र केन्द्र हेरफर गरी कायमगर्न सिफरिस गरिएको ७ प्रदेशका प्रवक्ता समेत रहनु भएका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहाले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्