पहिरो खस्दा राजमार्ग बन्द

0
Shares

विमल विष्ट,
गएराती देखीको लगातारको बर्षाका कारण पहिरो आउदा अत्तरीया स्याउले जोड्ने भिमदत्त राजमार्ग बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भिमदत्तराजमार्ग अन्तरगत पर्ने डोटीको गोल्डेन भन्ने ठाउमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

पहिरोले करिब २० मिटर सडक ढाकेपछि तराई बाट पहाड तथा पहाड बाट तराई जान हिडेका सयौ सवारी साधन तथा यात्रुहरु बिहान देखी नै बिच बाटोमै अल्पत्र परेको स्थानियबासी टिकासिंह मल्ललेबताउनु भयो ।

अबरुद्ध भएको राजमार्ग खोल्नका लागि छिमेकी जिल्ला कैलाली तथा डडेल्धुरा बाट डोजर झिकाईएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ । डोटीमा गएराती देखी लगातार पानी परीरहेको छ । लगातारको बर्षाका कारण यहाँको सेती नदि तथा आसपासका खोला नालामा पानीको बहाब बढेकाले नदि किनाराका स्थानिय बासीलाई सर्तक रहन स्थानिय प्रशासनले आग्रह गरेको छ ।