थापाको मधुमास

0
Shares

गायक जगतमर्दन थापाको चौथो एल्बम म पतझड तिमी मधुमास सार्वजनिक गरिएको छ। शताब्दी पुरुष सत्यमोहन जोशी र फिल्मकर्मी तथा साहित्यकार चेतन कार्कीले एल्बम सार्वजनिक गरेका हुन्।
भारतीय गायिका उषा मङ्गेशकरसँग युगल गायन रहेको म पतझड तिमी मधुमासले फरक मिठास र सौन्दर्यबोध दिलाएको भन्दै कार्यक्रमका अतिथिहरूले शुभकामना दिएका थिए। म्युजिक खबरको आयोजनामा भएको कार्यक्रममा संगीतकार शिखर सन्तोषले गायिका उषा मङ्गेशकरसँगको सहकार्यमा गायक जगतमर्दन थापासँग काम गर्न पाएकोमा खुसी व्यक्त गरेका गरे। गीतकार प्रकाश सायमी र गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाले जगतमर्दन थापाको चर्चा गरेका थिए।
त्यसै गरी प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले लाजिम्पाट, लैनचौरलाई कर्मथलो बनाउने थापा संगीत इतिहासमा अमर नाम भएको चर्चा गरे। गीतकार चेतन कार्कीले गायक थापा अपरा≈न पुरुष भएको चर्चा गर्दै उनलाई शुभकामना दिएका थिए।
सार्वजनिक एल्बमभित्र मायालु नयनको इसारा, सपनीमा रुवाउँछ, धूवाँजस्तै उड्छ यो मन, वसन्तझैं फुलिदिन्छु, मेरो माया कस्तो कस्तो र कोइलीले सम्झाइदियोजस्ता माधुर्य गीत रहेका छन्। यी गीतमा गीतकार रत्नशमशेर थापा, विश्व वल्लभ, जगतमर्दन थापा, सहदेव ढुंगाना र मोहितमर्दन थापाका शब्द रहेका छन् भने मदनसिंह, मनोहर सुनाम, राजु सिंह, किरण कँडेल, शिखर सन्तोष र महेन्द्र संगीत निकेतनको संगीत रहेका छन्।
१९९३ साल माघ २७ गते जन्मेका थापाको साधना यात्रा २०१३ सालदेखि प्रारम्भ भएको हो। त्यस अवधिपश्चात् रेडियो नेपालबाट उनका कथा, कविता, गीत प्रसारण हुन थालेका थिए। गायक थापाका हालसम्म ४ गीति एल्बम संगीत पारखीहरूले उपहार पाइसकेका छन्।