युनिषालाई मिस एसिया नेपालको ताज

0
Shares

जधानीमा हालै सम्पन्न एक सौन्दर्य प्रतियेगितामा युनिषा केसीले मिस एसिया नेपाल २०१८ को ताज चुमेकी छिन्।
नेक्स्ट इभेन्ट इन्टरनेसनलद्वारा लाजिम्पाटको होटल ¥याडिसनमा आयोजित प्रतियोगितामा मिस एसिया नेपाल २०१८ को ताज चुम्न सफल युनिषा सीएकी विद्यार्थी हुन्। दीपकराज गिरी, दीपाश्री निरौला, सुनिल थापा, किरण केसी, गौरव पहारी, निर्मल शर्मालगायत कलाकारको सहभागितामा सम्पन्न प्रतियोगितामा हेमा हमाल मिस ग्ल्याम वल्र्ड नेपाल २०१८ चुनिएकी छिन्।
यसअघिको प्रतियोगितामा उकुषा गिरी मिस एसिया नेपाल, परिचय विष्ट फस्ट रनर्सअप र जानकी श्रेष्ठ सेकेन्ड रनर्सअप भएका थिए। नयाँ संस्करणका विजेतालाई उनीहरूले नै ताज पहि¥याइदिएका थिए। यसपालिको प्रतियोगितामा रुस्बी प्रसाईं फस्ट रनर्सअप भएकी छिन्। युनिषाले प्रमुख उपाधि जितेबापत भारतको केरलामा हुने मिस इन्टरनेसनल एसिया र हेमाले मिस ग्ल्याम वल्र्ड नेपाल भएबापत नेपालमै हुने मिस ग्ल्याम वल्र्ड २०१९ मा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन्।
सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा फोटोग्राफर राजभाइ सुवाल, अभिनेता रमेश उप्रेती, सन्दीप क्षेत्री, गायक विजय लामा, व्यवसायी विशाल अग्रवाल, मिस ग्र्यान्ड नेपाल सिर्जना रेग्मी, मिस सुपरेन्टेसनल पूजा श्रेष्ठ निर्णायक रहेका थिए। प्रतियोगिताका सहभागीलाई निलम चन्दले कोरियोग्राफी गरेकी थिइन्।