उत्पादनशील क्षेत्रमा लगानी गर्न जोड

0
Shares

नेपाल समाचारपत्र, बुटवल
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उत्पादनशील क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुभएको छ । उहाँले बैंक तथा वित्तीय संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गर्ने र स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारले पनि लगानीमैत्री वातावरण बनाउन सकेमात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उत्पादनशील क्षेत्रमा लगानी बढाउन सकिएन भने मुलुकलाई समृद्ध मुलुक बनाउन नसकिने बताउँदै उहाँले उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने सम्भावना प्रशस्त रहेको पनि उल्लेख गर्नुभयो ।

कपिलबस्तुको बुद्धभँमि नगरपालिका–२ गोरुसिंगेबाट शुरु गरिएको सत्यवती लघुवित्त वित्तीय संस्थाको शनिबार औपचारिक उद्घाटन गर्दै गभर्नर नेपालले वित्तीय अवस्था कमजोर भएका गरिबीको रेखा मुनी रहेका व्यक्तिको आर्थिक अवस्था सुधारका लागि लघुवित्त कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

गभर्नर नेपालले बिकट र दुर्गम क्षेत्रका जनतालाई लक्षित गरेर लघुवित्त कार्यक्रमको स्वीकृति प्रदान गरिएकाले यसले ठँलो जनसंख्यालाई सहयोग गरिरहे पनि नेपालमा अझै ६० प्रतिशत जनसंख्या बैंक तथा वित्तीय संस्थाको पहुँचमा आउन नसकेको जानकारी गराउनुभयो ।
उहाँले नेपालको ९० प्रतिशत भँभागमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति रहे पनि अझै ११६ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुग्न नसकेको जानकारी गराउनुभयो ।

नेपालमा करिब १५० बैंक तथा वित्तीय संस्था रहेको र ६७ वटा लघुवित्त वित्तीय संस्था रहेको जानकारी गराउँदै गभर्नर नेपालले मुलुकको पुनःसंरचनासँंगै अब प्रत्येक स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति हुन सक्यो भने जनताको वित्तीय संस्थासंँगको पहुँचलाई सुधार गर्न सकिने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई ग्रामीण क्षेत्रमा सेवा विस्तारका लागि निर्देशन गरेकाले उहाँले चाँडै नै सुधार हुने आशा व्यक्त गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थाको विकास तथा बिस्तारले गरिब तथा विपन्न परिवारका सदस्यलाई धनी हुने एउटा अवसर पनि भएको बताउँदै गभर्नर नेपालले अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो

प्रदेश नम्बर ५ र ६ का नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान र जाजरकोट गरी १० जिल्ला कार्यक्षत्र रहने गरी नेपाल राष्ट्र बैंकले क्षेत्रीय स्तरको लघुवित्त बित्तिय संस्थाको रुपमा इजाजतपत्र प्रदान गरेको छ ।

२०७४ फागुन १४ गते नेपाल राष्ट्र बैंकबाट कारोबार इजाजत लिएको उक्त लघुवित्तले गत वैशाखबाट कारोवार सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष कमलप्रसाद ज्ञवालीले जानकारी गराउनुभयो ।

कृषि, उद्योग, सेवा, व्यापार, तथा अन्य व्यबसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशिल व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन भरपर्दो रुपमा सहयोग गर्ने गरी सञ्चालन सुरु गरिएको उक्त लघुवित्त वित्तीय संस्थाको हालसम्म अधिकृत पुँजी ४ करोड, जारी पुँजी २ करोड २६ लाख र चुक्ता पुँजी १ करोड ५८ लाख २० हजार रहेको संस्थाका कार्यकारी अधिकृत बाबुलाल नेपालले जानकारी दिनुभयो ।

उहाँले संस्थापक शेयरधनीहरुको स्वामित्व ७० प्रतिशत चुक्ता भइसकेको र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याइएको जानकारी गराउनुभयो । उक्त लघुवित्त वित्तीय संस्थाले हालसम्म रुपन्देही, नवलपरासी र कपिलबस्तु गरी तीन जिल्लाका १८ वटा स्थानीय तहमा वित्तीय सेवा विस्तार गरिसकेको जनाएको छ ।