क्षेत्रिय होटल संघ दोलखामा रञ्जित


चिरञ्जीवी मास्के, दोलखा ।
क्षेत्रिय होटल संघ दोलखाको दोस्रो अधिवेशन शनिवार (आज) सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
अधिवेशनले रञ्जितकुमार पाठक (सन्तोष) को अध्यक्षतामा १३ सदसिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सिताराम घिमिरे, सचिव प्रकाश बुढाथोकी र कोषाध्यक्ष सदिववावु श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रिवनबहादुर वस्नेत, पुष्करकुमार अधिकारी, सन्तवीर तमाङ, रोशन श्रेष्ठ, गणेशबिक्रम शाहि, नविना तमाङ गोले, निमा शेर्पा र पुष्कर वस्नेत रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले दोलखाको पर्यटन विकासमा होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भएकोले आन्तरीक एवं बाह्रय पर्यटकलाई पारिवारीक वातावरण र सम्मान पुर्वक व्यवहार गर्न आग्रह गरे । उनले होटल व्यवसायीले पर्यटकलाई गर्ने व्यवहारबाट दोलखाको भविष्य निर्धारण हुने बताए ।

प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले पर्यटकीय नगरी दोलखामा अधिक पर्यटक भित्राउन सुरक्षाको पूर्ण प्रत्याभूत गरिने बताए । अहिले पर्यटकको लागि पोखरा र चितवन पछि दोलखाको नाम लिईन्छ अब दोलखा पछि पोखरा र चितवन भन्ने बनाउनु पर्छ – प्रहरी नायव उपरीक्षक पाठकले भने ।
क्षेत्रिय होटल संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, दोलखा उद्योग बाणिज्य संघका उपाध्यक्ष दिनेश वस्नेत लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।