भोलिबाट विदा बस्दै कामु प्रधानन्यायाधीश जोशी


नेपाल समाचारपत्र, काठमाडौं ।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश जोशी भोलि आइतबारबाट विदा बस्ने भएका छन् ।
संसदीय सुनुवाई विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । लगतै उनले राजीनामा नदिने र पेशी तोक्ने बताएका उनले आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यसको जानकारी गराउने तयारी गरेको स्रोतले जनाएको छ ।