५ बर्षीया बालिकालाई बलात्कारको प्रयास


हरकसिंह धामी, कञ्चनपुर ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तीनतारामा ५ बर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ । घरमा एक्लै भएको मौका छोपी बाजे नाता पर्ने बर्ष ३९ का लक्षिराम कोलीले ५ बर्षीया बालिकालाई बलात्कारको प्रयास गरेका छन् । आज साढे ९ बजेतिर भिनपा–१० तीनतारामा घरमा कुरुवा बसेका बाजेले अवोध बालिकालाई बलात्कारको दुष्प्रयास गरेका हुन ।

बिहान साढे ९ बजे समयमा बालिका(नाम नखुलाइएको) घरमा एक्लै छोडेर बाबु, बाजे, बज्यै आ–आफ्नो कामका निस्किसके पछि बालिकाको बाजे(टाढाको नाता पर्ने) लक्षीराम कोली घरमा खाना पकाएर खुवाउन र हेरचाह गर्न बसेका थियो ।
बालिकाका बुवा स्थानीय ईटा भट्टीमा मजदुरी गर्न गएका थिए । भने, बाजे बज्यै घाँस काट्न भन्दै जंगलतिर गएका थिए । कोलीले बालिकालाई एक्लै भेटेको मौकामा जबरजस्तीकरणी गर्न खोजेका थिए । बालिका चिच्याएर भागेर अवोध बालिका भागेर छिमेकी घरमा पुगेर पुगेकी थिईन् । रुँदै आएकी बालिकालाई छिमेकी महिलाले के भएको हो भनि सोध्दा उनी रुन थालिन् । हेर्दा बालिका निकै आत्तिएकी देखिन्थिन् । महिलाले बालिकामाथि जबरजस्तीकरणी भएको भन्दै उनका आफन्तलाई जानकारी गराउने निधो गरेकी थिईन् ।

नभन्दै बालिकाले भनिन बाजेले मलाई नग्न बनाएर ‘नराम्रो’ गर्न खोजे । छिमेकी महिलाले मजदुुरी गर्न गएका बालिकाका बुवालाई खबर गरेपछि घटनाको वास्तविक बाहिर आयो । उनीमाथि बलात्कारको प्रयास भएको रहेछ । एक महिनादेखि बालिकाको घरमा बस्दै आएका ती बाजे घटना भइसकेपछि भागिसकेका थिए । स्थानीयको पहलमा पीडित बालिकाका बुवाले प्रहरीलाई खबर गर्दा करिब ४ घण्टापछि ती बाजे भन्ने लक्षीराम कोली पक्राउ परेका थिए । अहिले तिनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरीको हिरासतमा राखिएको छ ।

पीडितका बुवाले कोलीलाई कडा कारबाहीको माग गरेका छन् । पीडित बालिकाकी आमाको मृत्यु भइसकेको छ । यस अघि असार २६ गते कृष्णपुर नगरपालीका की कबिता विष्ट र साउन १० गते भिमदत्त नगरपालीका २ की निर्मला पन्तको बलात्कार गरी हत्या गरेको थियो । विष्टको हत्यारा पत्ता लागी सकेको छ भने पन्तको हत्यारा अभै सम्म पनि पत्ता लागेको छैन । कञ्चनपुरमा बलात्कार गरेर हत्या गर्ने घटनाको वृद्धि भएका कारण समाजमा नै त्ररासको शजना भएको छ । यसका लागी सरकारले बलात्कारीलाई कडा कारवाई गर्नु जरुरी देखिन्छ ।